अध्यक्षविरुद्ध बोलेपछि झाँक्रीलाई तीन दिने स्पष्टीकरण माग
प्रकाशित मिति
२०८२ असार १८ गते, बुधबार ०२:०४
असार १८, २०८२ काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई तीन दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ। उनले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको तीव्र अभिव्यक्तिका कारण अनुशासन आयोगमार्फत उनलाई स्पष्टीकरण सोधिएको हो।
पतञ्जली जग्गा प्रकरणमा संलग्नता देखाउँदै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालको भूमिकामाथि टिप्पणी गर्दै झाँक्रीले “सिनो बोकेर हिँड्न सकिन्न” भन्दै नेतृत्व परिवर्तनका लागि अर्ली महाधिवेशनको माग गरेकी थिइन्। उनको उक्त भनाइपछि पार्टीभित्र चर्को असन्तुष्टि उत्पन्न भएको छ।
पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार, अनुशासन आयोगले असार १७ गतेको मितिमा तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। “अनुशासन आयोगले तीन दिनको समय दिएको छ, अब उहाँको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिन्छ,” पाण्डेले भने।






प्रतिकृया