• २ असोज २०८३, शुक्रबार
  • १ः३८ राती

संसद बैठक भोलिसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०४:१३

काठमाडौं । विपक्षी दलको निरन्तर नाराबाजीका कारण प्रतिनिधिसभा बैठक भोलि सम्मलाई स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूची हटाइएको जानकारीसहित विहीबार दिउँसो ३ बजे बस्नेगरी स्थगित गरेको जानकारी गराएका छन्।

National Life

आजको बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारवाही गर’ भन्दै निरन्तर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न भन्दै त्यसका लागि सहयोगको वातावरण बनाउन पटक–पटक आग्रह गरे पनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान राख्दै विपक्षीले दुई सातादेखि निरन्तर सदन अवरोध गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया