• २२ भदौ २०८३, सोमबार
  • ४ः३८ बिहान

प्रतिनिधिसभा बैठक साढे दुई बजेसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ०२:१०

काठमाडौँ । मङ्गलबारको प्रतिनिधिसभा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको छ । बिहान साढे ११ बजे बसेको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।

National Life

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठक सूचना टाँसेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया