• २१ भदौ २०८३, आइतबार
  • ५ः३९ बिहान

सान्भि इनर्जीको आईपीओमा कति दिएले आवेदन ?

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार १२:४८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा माग संख्या करिब ९.७ गुणा बढी आवेदन परेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

National Life

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिन अर्थात् जेठ १३ गते बिहान १०ः०७ बजेसम्ममा १९ लाख २ हजार १८१ जनाले कुल २ करोड ३४ लाख ४८ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन्। यो माग संख्या करिब ९.७ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Classic Tech Desktop

प्रतिकृया