भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन सुरु नभएसम्म संसद् चल्न नदिने चेतावनी
प्रकाशित मिति
२०८२ जेष्ठ १३ गते, मंगलवार १२:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै छानबिन प्रक्रिया सुरु नभएसम्म संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो।

बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन्। उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गरे। उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन सुरु नभएसम्म संसद् चल्न नदिने चेतावनी समेत दिएका छन् ।
खनालले यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइ,यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको हुदा अनुसन्धान हुनुपर्नै बताए




प्रतिकृया