• २ असोज २०८३, शुक्रबार
  • ४ः४२ बेलुका

मजदुर दिवसमा प्रचण्डको चेतावनीः अधिकार पुनःप्राप्ति नभए संघर्ष चर्किन्छ

प्रकाशित मिति

२०८२ बैशाख १९ गते, शुक्रबार ११:५२

वैशाख १९, २०८२ काठमाडौँ: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मजदुरको १० प्रतिशत सेवाशुल्क अदालतले खारेज गरेकोप्रति रोष प्रकट गरेका छन् । बिहिबार काठमाडौंमा अखिल नेपाल टे«ड यूनियन महासंघले आयोजना गरेको १३६ औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मजदुरहरुको अधिकार पुनःप्राप्ति नभए संघर्ष चर्काउने चेतावनीसमेत दिए ।

National Life

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्धले श्रमिक तथा गरिखाने वर्गको हक–अधिकार स्थपित गरेको भए पनि पछिल्लो समयमा उल्ट्याउन थालिएको बताउँदै भने,“मजदुरहरुले १७ बर्षदेखि खाईपाई आएको १० प्रतिशत सेवाशुल्क अदालतले उल्ट्याउनु पर्ने के बाध्यता आईलाग्यो ? यो गम्भिर विषय बनेको छ ।” आफूहरुले ल्याएको व्यवस्थालाई यो या त्यो बहानामा प्रहार भइरहेको भन्दै त्यसो गरिए प्रतिरोध आन्दोलन गर्ने चेतावनीसमेत प्रचण्डले दिए । संविधान संशोधान गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा आफूहरुको जोड रहेकोसमेत बताए ।

माओवादी युवा नेता तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका फ्याक्सन इन्चार्ज रामदिप आचार्यले मजदुर दिवसको शुभकामना दिदै देशमा अहिले मजदुर अधिकार कुण्ठित गर्ने षड्यन्त्र भएकोप्रति चिन्ता व्यक्त गरे । मजदुहरुको पक्षमा सबैभन्दा बढी आफ्नो पार्टी प्रतबद्ध रहेको र खोसिएका अधिकार फिर्ता ल्याउन सबै मजदुर आन्दोलनमा जान अपिल गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

संगठनका अध्यक्ष जगत सिम्खडाले अदालत देखि सत्तामा रहने साशकहरुले मजदुरहरुका अधिकार कुण्ठित गर्न लागिपरेकोले सबै श्रमीक एकजुट भएर संघर्षको आँधिबेहरी ल्याउने उद्घोष गरे ।

अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)का देशीय निर्देशक नुमान ओक्यानले शुभकामना दिदै नेपाली श्रमीकहरुको अधिकारका लागि आवश्यक परे अन्तराष्ट्रिय क्षेत्रबाट पनि दबाब दिनेसमेत बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष धनबहादुर विकले स्वागत मन्तब्य दिदै एकपटक मजदुरहरुले संघर्ष चर्काएर अधिकार लिनुपर्ने धारणा राखे ।

संगठनका महासचिव सालिकराम कफ्लेले सञ्चालन गरेको कर्यक्रममा विभिन्न संगितिक तथा नृत्य प्रदर्शन गरिएको थियो । दरबारमार्गबाट सुरु गरिएको र्याली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जम्मा भएका थिए । हजारौंको संख्यामा उपस्थित मजदुरहरुको सेवाशुल्क पुनःप्राप्ति हुनुपर्ने, नियमित काममा स्थायी श्रमीक नियुक्ति गरिनुपर्ने, श्रमीकहरुको तलब नेपाल सरकारको श्रेणीविहिन कर्मचारी सोसरह हुनुपर्नेलगायतका नारा गुञ्जाएका थिए ।

प्रतिकृया