• ३१ भदौ २०८३, बुधबार
  • ९ः१५ राती

निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ०४:२३

वैशाख १२, २०८२ काठमाडौँ: काठमाडौं । निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने प्रा.डा.गोपिलाल न्यौपानेले जिकिर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले यही शिक्षा प्रणाली अघि बढीरहे देश सामुदायीक विद्यालय गाईबस्तुका खोरमा परिणत हुनुे चेतावनीसमेत दिए ।

National Life

न्यौपानेले नेपाली शिक्षा २०२८ सालदेखि गलत प्रणालीमा हिडिरहेको र त्यसैको परिणाम आजको अवस्थासम्म आइपुग्दा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । सोही प्रणालीका कारण पनि देशमा दुई शिक्षा प्रणालीको आवस्था आएको बताउँदै न्यौपानेले भने, “राज्यमा सामुदायीक र निजी विद्यालयहरु फरकफरक किन ? सामुदायीकभन्दा निजीमा राम्रो कसरी कसैले सोचेको छ ? यसैले बेलैमा राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी छ ।”

निजी विद्यालयहरु महंगा भए भन्ने भाष्य गलत भएको बताउँदै न्यौपानेले भने, “सामुदायीकमा सरकारले बार्षिक २ खर्बका दरले एकजना बराबर ५० हजार खर्च गर्छ, तर रिजल्ट ५० प्रतिशत पनि छैन । निजीमा भने वार्षिक २०–२५ हजार खर्च गर्ने स्कूल पनि छन्, अनि उनिहरुले सतप्रतिशत रिजल्ट निकाल्छन्, अनि कसरी भयो निजीकरण गलत ?”

Classic Tech Mobile
Classic Tech Desktop

न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षालाई खारेज गरेर सोही रकम सरकारले प्रत्येक विद्यार्थीलाई सिँधै दिँदा निजीहरुले प्रतिस्पर्धात्मक अवस्था हुने र सरकारी लगानी बालुवामा पानी हुनबाट जोगिनै बताए । समाजसास्त्री डा.दलिप कुमार मल्लले सार्वजनिक शिक्षामा भौतिक पूर्वाधरहरु बन्दा पनि गुणस्तरीयता दिन नसक्नु दुर्भाग्य भएको बताउँदै भने, “सरकारले ब्यापक लगानी गर्दा पनि ४० प्रतिशत परिणाम आउनुमा राज्य दोषी भएको बताए ।” मल्लले सरकारले शिक्षकका जायज मागहरु तुरुन्त पुरा गर्नु पने पनि बताए ।

प्रा.डा.मोजराज बगालेले निजी विद्यालयहरु जनतालाई खुलेआम लुट्ने अवस्था सिर्जन गर्ने सरकारी विद्यालयका शिक्षकहरुले पार्टीका कार्यकर्ता भएको बताउँदै भने, “पार्टीका झोला बोकेर राजनीति गर्नुको परिणाम सामुदायीक विद्याल यो गतिमा पुगेका छन् ।”  

प्रतिकृया