भारतीय बीएसएफ जवान पाकिस्तानको नियन्त्रणमा
प्रकाशित मिति
२०८२ बैशाख १२ गते, शुक्रबार ०३:०३

वैशाख १२, २०८२ काठमाडौँ: पाकिस्तानले एक भारतीय बीएसएफ जवानलाई हिरासतमा लिएको छ । भारतीय मिडियाका अनुसार बीएसएफ जवान पूर्णम कुमार सावलाई पाकिस्तानको रेन्जर्सले बुधबार हिरासतमा लिएको उल्लेख गरेका छन् ।
उनले पाकिस्तानको सीमामा प्रवेश गरेपछि पाकिस्तानी सेनाले पक्राउ गरेको बताइएको छ । पञ्जावस्थित पाकिस्तानको सीमामा ड्युटीमा रहेका उनी पाकिस्तानी क्षेत्रमा पुगेपछि पक्राउ परेका थिए । उनी जी २ राइफल, तीन म्यागजिन र ६० राउण्ड गोलीसहित ड्युटीमा रहेको बीएसएफले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसैबीच जवानका परिवारले सुरक्षित फिर्ती सुनिश्चित गर्न केन्द्र सरकारलाई अपील गरेका छन् । यद्यपि, यस सम्बन्धमा सरकारबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।
ती जवान पश्चिम बंगालको हुगली जिल्लाको रिस्दाका स्थायी बासिन्दा रहेको बताइएको छ ।
रिपोर्टमा सरकारले यी सिपाहीलाई उनको मातृभूमिमा फिर्ता ल्याउन कूटनीतिक र प्रशासनिक दुवै रूपमा हरसम्भव प्रयास गरिरहेको बताइएको छ ।
प्रतिकृया