• ३१ भदौ २०८३, बुधबार
  • ८ः५२ राती

गठबन्धन सरकारलाई मर्यादित ढंगले अघि बढाउन आग्रह गर्दछु : गोकर्ण विष्ट

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ०३:१५

नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपाली कांग्रेस सत्तामा छ वा प्रतिपक्षमा बुझ्न कठिन भएको बताएका छन् ।

National Life

शुक्रबार प्रतिनिधी सभाको बैठकमा बोल्दै विष्टले काँग्रेसका नेताहरुले जनतामा भ्रम पैदा गर्ने गरि बोल्दा उनीहरु सत्तापक्ष हो वा प्रतिपक्ष छुट्टाउनै कठिन भएको बताए ।

विष्टले भने, ‘कहिलेकाहीँ यस्तो लाग्छ सत्तामा रहेका साथीहरू सत्तामा हुनुहुन्छ, कि प्रतिपक्षमा चिन्न गाह्रो हुने अवस्था पैदा भएको छ, यो प्रकारको अवस्थाबाट हामी माथि उठौँ । गठबन्धन बनाएर सत्तामा जाने र सत्ताको स्वाद पनि लिने प्रतिपक्षमा बसेजस्तै गरी सार्वजनिक खपतका भाषा पनि बोल्ने कुरा राजनीतिक अभ्यास होईन । गठबन्धन संस्कृतिको विकास गरौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले कहिलेकाही सत्तामा रहेकाहरुको टिप्पणी सुन्दा प्रतिपक्षमा रहेको जस्तो महशुस हुने गरेको उल्लेख गर्दै विष्टले यस्तो अवस्थाबाट माथि उठेर गठबन्धन सरकारलाई मर्यादित ढंगले अघि बढाउन आग्रह समेत गरे ।

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार रहने र जाने कुरा महत्त्वपूर्ण नभएको पनि बताए । उनले भने, ‘यो सरकार अजम्बरी छैन । एक दिन त जान्छ नै ।’

उसै पनि अब केहि समयमा त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण हुने तय नै भइसकेको सांसद विष्टले बताए । ‘तर सरकार गयो गयो सरकार रह्योरह्योृ भन्ने विवादतिर नलागेर सरकार जति दिन रहन्छ जनता र राष्ट्रमा काम गर्ने कुरा हो,’ उनले भने ।

प्रतिकृया