• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

निषेधित क्षेत्रमा वैशाख ७ गते प्रदर्शन गर्ने राप्रपाको निर्णय

प्रकाशित मिति

२०८२ बैशाख ४ गते, बिहीबार ०४:१९

वैशाख ४, २०८२ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही बैशाख ७ गते काठमाडौंका विभिन्न निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत राप्रपाले राजसंस्था पूनःस्थापनाको मागसहित सडकमा नयाँ ढंगले आन्दोलनमा उत्रिने निर्णय लिएको हो ।

Kamana Sewa

यस्तै, बैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णय लिएको छ । राप्रपाले सामूहिक गिरफ्तारी दिने भनिसकेकोले निषेधित क्षेत्रमा प्रदर्शन लागेको चर्चा भैरहेको छ । चैत्र १५ गते राजावादीहरुको प्रदर्शन र चैत्र २६ गते बल्खुमा राप्रपाको ब्यानरमा भएको प्रदर्शनपछि राजावादीहरुको कार्यक्रम तय भएको थिएन । अहिले राप्रपाले बैठकबाट निर्णय लिएर नै प्रदर्शनमा उत्रिने घोषणा गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया