• २१ जेठ २०८३, बिहीबार
  • २:३४ बेलुका

सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०८२ बैशाख ३ गते, बुधबार ०१:४२

वैशाख ३, २०८२ काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको बताएका छन् । शर्माले बुधबार सामाजिक संजालमा पोष्ट गर्दै गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने र नगर्नुपर्ने निर्णयमा हतारो गर्ने सरकारको प्रवृत्ति समर्थनका लागि योग्य नभएको बताएका हुन् ।

“नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” उनले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

Kamana Sewa

उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नु पर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् । कार्यशैली नबदलिए सरकार नै बदलिने उनले संकेत गरेका छन् ।

Classic Tech Desktop

“कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ,” शर्माले भनेका छन्, “सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !”

वर्तनमान केपी शर्मा ओली नेतृत्वको सरकार शर्माकै पार्टी नेपाली कांग्रेसको मुख्य समर्थनमा बनेको छ ।

प्रतिकृया