• 3:42 am

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ चैत्र ३१ गते, आईतवार ११:४८

चैत्र ३१, २०८१ काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यसअघि तोलामा सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज तोलामा एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १९०५ रुपैयाँ पुगेको चाँदी आज तोलामा ५५ रुपैयाँ बढेर १९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिकृया