• ३ असोज २०८३, शनिबार
  • १०ः०२ बिहान

अफगानिस्तान यू-१९ टिमले नेपाललाई दियो १६९ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ चैत्र २४ गते, आईतवार ०१:३४

चैत्र २४, २०८१ काठमाडौँ: अफगानिस्तान यू-१९ टिमले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ५० ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।

National Life

अफगानिस्तानका लागि कप्तान महाबूब खानले सर्बाधिक ५८ रन बनाए भने रूउल्लाह अरबले २७ रन बनाएका थिए । त्यस्तै उर्जैरुल्लाह निआजाईले १९ तथा नाजुफुल्लाह अमिरीले १६ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्तोष यादवले ३ विकेट लिए भने सिब्रिन श्रेष्ठ र विपिन शर्माले २-२ विकेट लिएका थिए । त्यसैगरी अभिषेक तिवारी र अपराजित पौडेलले एक एक विकेट लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

तीन खेलको सिरिजमा यस अघि सम्पन्न पहिलो खेल अफगानिस्तानले जितेको थियो ।

प्रतिकृया