• ५ साउन २०८३, मंगलबार
  • ८:१२ बिहान

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस हुने

प्रकाशित मिति

२०८१ फाल्गुन २२ गते, बिहीबार १०:१७

फाल्गुण २२, २०८१ काठमाडौँ: संघीय संसद् अन्तर्गत् आज (बिहीबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। आज दिउँसो सवा एक बजे बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

Kamana Sewa

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

Classic Tech Desktop

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया