• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

प्रकाशित मिति

२०८१ फाल्गुन १४ गते, बुधबार ०५:०४

फाल्गुण १४, २०८१ काठमाडौँ: काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन् ।

Kamana Sewa

उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुङ्ग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।

Classic Tech Desktop

‘उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अङ्कलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरु सञ्चारमाध्याममा आइरहेका छन् । यसलाई गलत साबित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ’ संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ ।

उक्त ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा डा बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्रा डा प्रकाशचन्द्र भट्टराई र प्रा डा हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा डा विजय केसी, एशोसिएट डिन डा खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ ।

त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा डा उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा डा ऋशिकेश वाग्ले, एशोसिएट डिन डा शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा श्यामसुन्दर खड्का र प्रा डा बालकृष्ण बलको हस्ताक्षर छ ।

प्रतिकृया