• ५ साउन २०८३, मंगलबार
  • ३:४४ बेलुका

बिमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

प्रकाशित मिति

२०८१ फाल्गुन १३ गते, मंगलवार ०७:२०

फाल्गुण १३, २०८१ काठमाडौँ: नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनौटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।

Kamana Sewa

आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनौटमा परेका थिए ।

Classic Tech Desktop

प्रतिकृया