• 10:01 am

फागुन १८ गतेदेखि एफपिओ बिक्री गर्दै स्वरोजगार लघुवित्त

प्रकाशित मिति

२०८१ फाल्गुन ६ गते, मंगलवार १२:५८

फाल्गुण ६, २०८१ काठमाडौँ: स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्ने भएको छ ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । आवेदन यही फागुन २१ गतेसम्म दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीका हिसाबमा कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले मध्यम जोखिमयुक्त भनेको छ । कम्पनीले लघुवित्तलाई डबल बी माइनस रेटिङ प्रदान गरेको हो ।

प्रतिकृया