• ५ साउन २०८३, मंगलबार
  • ३:४१ बेलुका

ओडिशामा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८१ फाल्गुन ५ गते, सोमबार ०५:०९

फाल्गुण ५, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले नेपाल सरकारले घटनाबारे कूटनीतिक पहल गरिरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

Kamana Sewa

केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत तेस्रो वर्षकी नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

Classic Tech Desktop

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई भारतीय विद्यार्थीले अश्लील भिडियोमार्फत पटक–पटक ब्ल्याकमेल गरिरहेको बताइएको छ । पीडित छात्राले दुई पटक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा उजुरी दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको नेपाली विद्यार्थीहरूले बताएका छन् ।

नेपाली विद्यार्थीहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।

प्रतिकृया