• २१ भदौ २०८३, आइतबार
  • ७ः१४ बेलुका

बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिर

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार १०:२१

माघ ३०, २०८१ काठमाडौँ: भारतले आइसीसी च्याम्पियन्स ट्रफीका लागि आफ्नो टिम टुंगाएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले फेब्रुअरी १९ मा सुरु हुने प्रतियोगिताको लागि टिममा केहि बदलाव गर्दै टुंगो लगाएको हो ।

National Life

तीव्र गतिका बलर जसप्रीत बुमराह ढाडको चोटका कारण च्याम्पियन्स लिगबाट बाहिर भएका छन् । उनको स्थानमा युवा बलर हर्षित राणालाई टोलीमा समावेश गरिएको छ । यसबाहेक, लेग स्पिनर वरुण चक्रवर्तीलाई १५ सदस्यीय टोलीमा समावेश गरिएको छ, उनी यशस्वी जयस्वालको स्थानमा टोलीमा सामेल भएका छन् ।

त्यस्तै मोहम्मद सिराज, शिवम दुबे र यशस्वी जयस्वाललाई रिजर्भको रूपमा राखिएको छ । च्याम्पियन्स ट्रफीका लागि आठै टोलीले अन्तिम टोलीको सूची मंगलबार अर्थात् फेब्रुअरी ११ सम्म बुझाउनु पर्ने समयसीमा दिइएको थियो । बीसीसीआईले आफ्नो अन्तिम टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय टोलीको सूची पनि आईसीसीलाई बुझाएको छ ।

Classic Tech Desktop

बुमराहलाई गत महिना च्याम्पियन्स ट्रफीका लागि घोषणा गरिएको भारतको १५ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरिएको थियो, तर उनी इङ्गल्याण्ड विरुद्धको एकदिवसीय सिरिज खेल्न सकेनन् । बुमराह सिड्नीमा अस्ट्रेलिया विरुद्धको पाँचौं टेस्टको क्रममा घाइते भएका थिए र त्यसबेलादेखि उनी मैदान बाहिर छन् ।

बुमराहको अनुपस्थितिले भारतीय टोलीलाई ठूलो धक्का लागेको छ । इङ्ग्ल्याण्ड विरुद्ध जारी तीन खेलको एकदिवसीय शृंखलाको पहिलो दुई खेलमा हर्षित राणा र वरुण चक्रवर्तीले एकदिवसीयमा डेब्यू गर्ने मौका पाएका थिए । राणाले नागपुरमा खेलिएको पहिलो एकदिवसीय खेलबाट डेब्यू गरेका थिए र अहिलेसम्म सिरिजका दुवै खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

च्याम्पियन्स ट्रफीमा भारत समूह ए मा छ जसमा पाकिस्तान, बंगलादेश र न्यूजील्याण्ड पनि छन् । प्रतियोगिताको लागि पाकिस्तान जान अस्वीकार गरेपछि भारतले दुबईमा आफ्ना सबै खेलहरू हाइब्रिड मोडेल अन्तर्गत खेल्नेछ । आठ टोली सम्मिलित यस प्रतियोगितामा १५ खेल हुनेछन् । यो प्रतियोगिता १९ दिनसम्म चल्नेछ । च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीचको लिग खेल २३ फेब्रुअरी (आइतबार) मा खेलिनेछ ।

च्याम्पियन्स ट्रफीको लागि भारतीय टोली: रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्डेय, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा र वरुण चक्रवर्ती ।

रिजर्भ खेलाडी: यशस्वी जयस्वाल, मोहम्मद सिराज र शिवम दुबे ।

प्रतिकृया