• २ असोज २०८३, शुक्रबार
  • ३ः४३ दिउँसो

आयल निगमले इन्धनको मुल्य बढायो

प्रकाशित मिति

२०८१ माघ १९ गते, शनिबार ०८:०४

माघ १९, २०८१ काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिटेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको जानकारी दिएको हो ।

National Life

साथै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकालागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ निगमले जनाएको छ ।

त्यस्तै पोखरा र भैरहवाकालागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ निगमले जनाएको छ । साथै, एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बढेको मुल्य शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी बढेको निगमले जनाएको छ ।

प्रतिकृया