• ३ असोज २०८३, शनिबार
  • ४ः४७ बेलुका

महिला त्रिकोणात्मक टी- २० सिरिजमा आज नेपालको सामना थाइल्याण्डसँग

प्रकाशित मिति

२०८१ माघ १९ गते, शनिबार ०८:००

माघ १९, २०८१ काठमाडौँ: जारी महिला त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत आज नेपाल र थाइल्याण्डबीच खेल हुदै छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ ।

National Life

जारी सिरिजमा नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

३-३ खेलको राउण्ड रोबिनका आधारमा जारी रहेको यस सिरिजमा २ फेब्रुअरीमा नेदरल्याण्डस र नेपाल, ३ फेब्रुअरीमा थाइल्याण्ड र नेदरल्याण्डस, ४ फेब्रुअरीमा थाइल्याण्ड र नेपाल, ५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्डस, ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।
क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

प्रतिकृया