त्रिकोणात्मक महिला टी-२० आई सिरिज: थाइल्याण्डसँग नेदरल्यान्ड्स ८ विकेटले पराजित
प्रकाशित मिति
२०८१ माघ १८ गते, शुक्रबार ०४:३८
माघ १८, २०८१ काठमाडौँ: त्रिकोणात्मक महिला टी-२० आई सिरिजमा थाइल्याण्डले नेदरल्यान्ड्समाथि सानदार जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
थाइल्याण्डका लागि नान्नापत कोन्चारोइनकाइ ५६ र नत्थाकन चन्थम २३ रनमा अविजित रहे । ५० बल खेलेकी नान्नापतले ५ चौका प्रहार गरिन् । यस्तै, अपीसरा सुवानचोनराथीले २८ रन जोड्दा नट्टाया बुचाथमले १० रनको योगदान दिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ र आरिस विलिङले २८ रन जोडिन् ।
थाइल्याण्डकी थिपाचा पुथावोङ्गले २ र ओनिचा कामचोम्फुले १ विकेट लिइन् । यसअघि सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २० रनले पराजित गरेको थियो ।






प्रतिकृया