• ४ साउन २०८३, सोमबार
  • ७:२० बेलुका

सरकार ०८४ सम्म टसमस गर्दैन: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०२:४०

माघ १८, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धनको सरकार ०८४ सालसम्मै टिक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ०८४ सम्म टसमस नगर्ने बताएका हुन् । सरकार ढल्न लाग्यो भनेर विपक्षीहरूले नचाहिँदो हल्ला फैलाइरहेको भन्दै प्रधानमन्त्री ओलीले ढले-ढले भन्ने गीत पार्टी उत्सवमा मात्रै सुहाउने तर राजनीतिमा नसुहाउने बताए ।

Kamana Sewa

‘सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्तमा ढल्छ । माघे संक्रान्तिमा ढल्छ । ढल्यो , ढल्यो, ढल्यो, बिहान, बेलुका ढल्यो र राति ढल्यो,’ उनले भने,’ढलेँ ढलेँ भन्ने गीत बजारमा चर्चामा छ । यस्तो गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा सुहाउँदैन ।’

Classic Tech Desktop

प्रतिकृया