प्रधानमन्त्री ओलीको दाबी-विकास निर्माणका काममा ‘ब्रेक थ्रु’ मात्रै होइन, ब्रेक लगाइएका कामलाई पनि ‘थ्रु’ गरेका छौँ
प्रकाशित मिति
२०८१ माघ १८ गते, शुक्रबार ०२:१०
माघ १८, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणका काम काममा ‘ब्रेक थ्रु’ मात्रै नगरेर ब्रेक लगाइएका कामलाई पनि ‘थ्रु’ गरेको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्वमा आएपछि ब्रेक लगाइएका कामलाई ‘थ्रु’ गरेको बताएका हुन् । ‘विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिनअघि मात्रै ब्रेक–थ्रु भएको बताए । उनले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम आफू प्रधानमन्त्री बन्दा अलपत्र रहेको र अहिले काम द्रूत गतिमा अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफू सरकारमा आउँदा धुलो उडिरहेको मुग्लिन-पोखरा सडक चिल्लो र आकर्षक भएको पनि बताए ।




प्रतिकृया