• 11:59 am

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

प्रकाशित मिति

२०८१ पुष ५ गते, शुक्रबार ०२:३९

पुष ५, २०८१ काठमाडौँ: सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

उनले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताए । सभामुख घिमिरेले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानुन बनाउने देखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको पनि बताए ।

उनले कानुन र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताए । उनले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताए ।

प्रतिकृया