• ५ साउन २०८३, मंगलबार
  • ९:०४ बिहान

एचआईडीसीएलको लाभांश घोषणा, पुस २४ गते साधारणसभा

प्रकाशित मिति

२०८१ मंसिर २६ गते, बुधबार ०१:४०

मंसिर २६, २०८१ काठमाडौँ: हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Kamana Sewa

प्रस्तावित लाभांश सरकारको स्वीकृति पश्चात आगामि साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Classic Tech Desktop

बैठकले पुस २४ गतेका लागि साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ।

प्रतिकृया