• ५ साउन २०८३, मंगलबार
  • ४:३६ बेलुका

दक्षिण कोरियामा सैन्य शासन घोषणा

प्रकाशित मिति

२०८१ मंसिर १९ गते, बुधबार ०९:०९

मंसिर १९, २०८१ काठमाडौँ: दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्। देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्।

आफूसँग सैन्य शासनको विकल्प नरहेको उनको भनाइ छ। राति अबेर अचानक टेलिभिजन सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

Kamana Sewa

तर, सत्तारुढ र विपक्षी दल दुवैले उनको यो कदमलाई रोक्ने बताएका छन्। विपक्षी डेमोक्र्याटिक पार्टिका नेता ली जे म्युङले सैन्य शासनको घोषणा असंवैधानिक रहेको बताए।

Classic Tech Desktop

युनकै सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान दोङ हुनले पनि सो कदमको विरोध गरेका छन्। राष्ट्रपतिको कदम गलत रहेकाले त्यसलाई रोक्ने उनको भनाइ छ।

युन सुक योल २०२२ देखि दक्षिण कोरियाको राष्ट्रपति छन्। उनको कार्यकालमा घटित अनेक काण्डका कारण उनीप्रतिको जनसमर्थन कम छ। उनकी पत्नीले विलासी ह्यान्डब्याग उपहार लिएको देखि सेयर बजारमा चलखेल गरेको सम्मका आरोप लागेका थिए।

उपहारका सम्बन्धमा युनले गत महिना माफी समेत मागेका थिए।

प्रतिकृया