• २१ जेठ २०८३, बिहीबार
  • ८:१६ बिहान

राष्ट्रियसभा अध्यक्ष दाहालको आईपीयू अध्यक्ष र महासचिवसँग भेट

प्रकाशित मिति

२०८१ आश्विन २९ गते, मंगलवार ०१:५६

असोज २९ , २०८१ काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो।

Kamana Sewa

भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

Classic Tech Desktop

सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. अक्सनले नेपालले विगतदेखि नै आईपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरिन् । नेपालको संघीय संसद्‌मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताइन् ।

प्रतिकृया