• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

प्रमाण भएर नै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो- गगन थापा

प्रकाशित मिति

२०८१ भाद्र १३ गते, बिहीबार ०३:३९

भाद्र १३, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् । प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।

उनले भने- ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।’ थापाले समितिमा आफुहरुले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनिको नाम लेख्न लगाएको बताएका छन् ।

Kamana Sewa

उनले भने- ‘हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’

Classic Tech Desktop

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले भने- ‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

प्रतिकृया