• १६ असोज २०८३, शुक्रबार
  • १ः४१ दिउँसो

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न : तपाईँको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ?

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार ०२:४०

भाद्र ६, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमता माथि प्रश्न उठाएकी छिन् ।

National Life

बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ भन्दै प्रश्न गरिन् । उनले विश्वविद्यालयलाई कता लैजान लागेको भन्दै प्रश्न पनि तेर्स्याइन् ।

उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ?’

Classic Tech Mobile
Classic Tech Desktop

उनले यसअघि भनिन्, ‘साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन भयो । त्यसको माओ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्‍यो ।’

प्रतिकृया