• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

मेची भन्सारको राजस्व १५.९३ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८१ भाद्र ४ गते, मंगलवार ०१:३३

भाद्र ४, २०८१ झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५.९३ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा १ अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । ‘मेची भन्सारबाट आयात १४.५४ प्रतिशतले बढ्दा निर्यात भने ३३.९८ प्रतिशतले घटेको छ’ उनले भने ‘चालु आवको साउनमा तीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालबस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।’

Kamana Sewa

मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश ३८.०८, ४३ दशमलव ४९, पाँच सय ३.९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ .२८, अदुवा ८.८६, अम्रिसो २१.८८, छुर्पी ७८.७८ प्रतिशतले घटेको छ ।

Classic Tech Desktop

त्यसैगरी आयाततर्फ पेट्रोल ४.५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८.४७ प्रतिशतले कमी आउँदा जुट १३.४६, एलपि ग्याँस २७.३७, जिप्सम ६७.९५, मेसिनरी तथा पाटपुर्जा ९६.५८, दलहन ६८.४९ र तरकारी एक सय ७७.६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिकृया