• ४ साउन २०८३, सोमबार
  • ६:४५ बेलुका

महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ राष्ट्रिय सभामा पेश

प्रकाशित मिति

२०८१ श्रावण ३१ गते, बिहीबार ०४:२८

साउन ३१, २०८१ काठमाडौँ: बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेश गरेको छ। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेश गरेका हुन् ।

सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेश गरे ।

Kamana Sewa

बैठकमा राष्ट्रिय सभा सचिव डा। सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

Classic Tech Desktop

प्रतिकृया