• ४ साउन २०८३, सोमबार
  • ६:४४ बेलुका

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८१ असार २७ गते, बिहीबार ०२:३०

असार २७, २०८१ काठमाडौँ: राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ः १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् ।

Kamana Sewa

सूचनामा भनिएको छ,‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Classic Tech Desktop

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेकोमा दलहरुबीच विवाद भएपछि बैठक बस्न नसकेको बताइएको छ ।

प्रतिकृया