• ४ साउन २०८३, सोमबार
  • ६:४३ बेलुका

बस्ती बसाउन सुरक्षित स्थानका बारेमा जानकारी दिन सरकारलाई आरजुको ध्यानाकर्षण

प्रकाशित मिति

२०८१ असार २५ गते, मंगलवार ०२:४८

असार २५, २०८१ काठमाडौँ: नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छिन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन । उनले सरकारले जहाँको पनि जग्गा किनबेच गर्न दिने गरेको भन्दै सुरक्षित जमिन र असुरक्षित जमिनको बारेमा स्पष्ट पार्नुपर्ने बताइन ।

Kamana Sewa

सांसद राणाले मानिसहरूले खोला वरिपरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताइन ।

Classic Tech Desktop

उनले हिमतालहरूको सुरक्षाको लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिकृया