• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

बाढी-पहिरोको क्षति बारे संसदमा जानकारी दिन नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकको माग

प्रकाशित मिति

२०८१ असार २५ गते, मंगलवार १२:२५

असार २५, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Kamana Sewa

लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।

Classic Tech Desktop

आजकै बैठकमा कांग्रेस सांसद एनपी साउदले कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी बर्षा भएको बताउदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडी बढाउन माग गरेका थिए ।

प्रतिकृया