• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

प्रचण्डको अस्थिरताका कारण कांग्रेस-एमालेबीच सहकार्य : योगेश भट्टराई

प्रकाशित मिति

२०८१ असार २३ गते, आईतवार ०१:४६

असार २३, २०८१ काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आएको दावी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै भट्टराईले बर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ समीकरणको निर्णय भएको बताएका हुन्।

प्रधानमन्त्रीले एमालेसंग छलफल नगरी कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको र त्यसका कारण सरकार पटक पटक परिवर्तन हुने देखिएकाले एमालेले कांग्रेससँग गम्भीर भएर छलफल गरेको उनले बताए।

Kamana Sewa

भट्टराईले अहिलेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भएकाले कांग्रेसको प्रस्ताव अनुसार नयाँ समीकरण बनाइएको जिकिर गरे।

Classic Tech Desktop

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, आर्थिक बिकासको बाटोतर्फ मुलुकलाई अघि बढाउन र संविधानको सफल कार्यान्वयनका लागि एमाले गम्भीर निर्णय लिएको भन्दै सदनमा आक्रोश पोखेर अव केही नहुने तर्क गरे।

एमालेले समर्थन फिर्ता लिएर प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै मार्गप्रसस्त गर्न उनले सुझाव दिए । उनले विश्वासको मत दिनका लागि २८ गतेसम्मको समय लिनुपर्ने कुनै कारण नरहेको बताए । उनले दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्रीका लागि उचित हुने उल्लेख गरे ।

प्रतिकृया