• ४ साउन २०८३, सोमबार
  • ९:२८ बेलुका

बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

प्रकाशित मिति

२०८१ असार १९ गते, बुधबार १२:३७

असार १९, २०८१ काठमाडौँ: बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले २१ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

बैंकहरुले न्युनतम १० करोड रुपैयाँ देखि बढी रकम राष्ट्र बैंकलाई दिन सक्नेछन् । ब्याजदर भने बोलकबोलको माध्यमबाट तय गरिनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले बोल कबोल मार्फत आफुसँग रहेको निक्षेप राष्ट्र बैंकलाई दिन सक्नेछन् ।

Kamana Sewa

२१ दिनपछि अर्थात साउन ९ गते राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी गर्नेछ ।

Classic Tech Desktop

प्रतिकृया