• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

प्रकाशित मिति

२०८१ असार १६ गते, आईतवार ११:४६

असार १६, २०८१ काठमाडौँ: काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकलाई कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका हुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिक मानवहरु शहरमा बसेर शान्ति र आनन्द खोज्दै शहरदेखि टाढा वनवोज खान जाने तथा प्रकृतिमा रमाउन चाहने मानव प्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो । उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनी केहि समयअघि सर्वनाम नाटकघरमै रंगप्रशिक्षण लिएर रंगमञ्चमा प्रवेश गरेका हुन् ।

Kamana Sewa

नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

Classic Tech Desktop

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।

प्रतिकृया