• ४ साउन २०८३, सोमबार
  • ६:४४ बेलुका

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेश

प्रकाशित मिति

२०८१ असार १४ गते, शुक्रबार ०३:३१

असार १४, २०८१ काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक २०८१ पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गरेकी हुन् ।

मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् ।

Kamana Sewa

जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन २०४९ उल्लेखनीय कानुनको रुपमा रहेको छ, हाल सरकारले पेश गरेको ऐनको कार्यान्वयनपश्चात् जलस्रोत विकास एवं व्यवस्थापन गर्ने कार्य एवं प्रक्रियालाई सुदृढ तथा आधुनिकीकरण गर्न सघाउ पुग्नेछ मन्त्री शर्माले भनिन् ‘जलस्रोतको उपयोग, विकास र संरक्षणमार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलस्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्वपूर्ण भूमिका रहने विश्वास लिएका छौं।’ प्रतिनिधिसभाको अर्को बैठक यही असार १६ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

Classic Tech Desktop

प्रतिकृया