• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ जेष्ठ ३० गते, बुधबार ११:५८

जेठ ३०, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया