• १४ जेष्ठ २०८१, सोमबार
  • 12:49 am

नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक

प्रकाशित मिति

२७ चैत्र २०८०, मंगलवार ११:१२

चैत्र २७, २०८० काठमाडौँ: नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

प्रतिकृया