संसद बैठक अवरोध गर्ने कांग्रेसको निर्णय, समिति गठनको मागबाट पछि नहट्ने
प्रकाशित मिति
२०८० चैत्र २७ गते, मंगलवार ११:१०
चैत्र २७, २०८० काठमाडौँ: कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । बिहान बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेत रमेश लेखकले छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले लामो समयदेखि गृहमन्त्री लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ ।
अहिले केहीबेरमा प्रतिनिधि सभा बैठक बोलाइएको छ । संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नभएपछि आजको संसद बैठक चल्नेमा आशंका बढेको छ ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया