• ७ असोज २०८३, बुधबार
  • ३ः३६ दिउँसो

नेपाली क्रिकेट फ्यानलाई खुशीको अवसर, काठमाडौंमा नेपाल र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० आजदेखि

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार ११:०५

चैत्र १२, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ‘ए’ बीचको टी–२० सिरिज आज (सोमबार) देखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ टिमसँग आज पहिलो खेल खेल्दै छ ।

National Life

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग मार्च २५ र २६ मा दुई टी–२० खेल खेल्दैछ । त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दैछ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुनेछ । नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया