• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

अठारौं नेशनल एजुकेशन अवार्ड सम्पन्न, शिक्षा पत्रकार सुनिल आचार्यसहित ५५ पुरस्कृत

प्रकाशित मिति

२०८० चैत्र ७ गते, बुधबार ०३:५८

चैत ७, २०८० काठमाडौँ: शिक्षा पत्रकार सुनिल आचार्य र पार्वता चौधरीसहित ५५ जना पुरस्कृत भएका छन् । पर्यटन बोर्डको सभाकक्षमा शिक्षालय मासिकले आयोजना गरेको “अठारौं नेशनल एजुकेशन अवार्ड-२०८०” मा जुपिटर मिडियाका आचार्य र रेडियो कान्तिपुरकी चौधरीलाई नगद रु १० हजारसहित शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई विभिन्न अवार्डबाट पुरस्कृत र सम्मानित गरिएको हो । पुरस्कृत र सम्मानित हुनेहरुमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाल आदि रहेका थिए ।

Kamana Sewa

यसैगरी एनसिसिएस कलेज, पकानाजोल, सेन्ट लोरेन्स कलेज चावहिल, प्राइम कलेज खुसिबु, महेश विद्याश्रम तनहुँ, सेन्ट जेवियर्स स्कुल गोदावरी आदि शैक्षिक संस्थाहरु विभिन्न विधामा पुरस्कृत भएका छन् ।

Classic Tech Desktop

सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेको राज्यको वृहत लगानी रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए । शैक्षिक परिपाटीलाई परिष्कृत गर्न शिक्षालयहरुमा योग र ध्यान अभ्यास जोड्न श्रेष्ठले सुझाव दिए ।

शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्ति र संस्थालाई उर्जा प्रदान गर्न विभिन्न विधि र प्रकृयामार्फत पुरस्कृत सम्मानित र छनौट गरिएको पुरस्कारका निर्णायक समिति संयोजक प्रकाश सिलवालले बताए ।

शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न बार्षिक रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकार जाकारी दिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी दिनेश डिसिले गरेका थिए ।

प्रतिकृया