• ७ असोज २०८३, बुधबार
  • ८ः१८ राती

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ : उपप्रमुख

प्रकाशित मिति

२०८० फाल्गुन २७ गते, आईतवार ०३:०८

फागुन २७, २०८० भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।

National Life

भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो ।

खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउनुभएको थियो । उहाँले यदि अस्पताल सर्‍यो भने म आफै राजीनामा दिने छु अस्पताल सर्दैन भन्ने निश्चिन्त हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट भक्तपुर जिल्लामा बेसबल तथा सफ्ट बल खेलको विकास र विस्तारका लागि सुरुवाती दिनदेखि योगदान दिँदै आउनुभएका स‌ंवाहक डटकमका सम्पादक एवं सञ्चारकर्मी सन्जिब दुलाललाई सम्मान गरिएको थियो ।

राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा

विगत १२ वर्ष देखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । विगत १२ वर्ष भन्दा लामो समय देखि भक्तपुरमा खेलको विकास तथा प्रशिक्षण प्रदान गर्दै आएको उक्त क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा , सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, कृपेश कार्की र अनिल थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी , भक्तपुर बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष मनोरञ्जन थापा लगायतका महानुभावहरूले पद तथा गोपनीयताको शपथ खुहाउनुभएको थियो ।

कार्यक्रममा नेपाल बेसबलका राष्ट्रिय खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो । राईजिङ्ग स्टार्स बेसबल क्लबले हाल सम्म एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन गरी सकेको छ भने हाल पनि आधा दर्जन भन्दा बढी खेलाडी यसै क्लबबाट राष्ट्रिय टिममा खेल्दै आएका छन् ।

यस क्लबले विगत १२ वर्ष देखि भक्तपुरका विभिन्न विद्यालयमा निःशुल्क प्रशिक्षण तथा खेलाडी उत्पादनमा योगदान दिँदै आएको छ भने आधा दर्जन भन्दा बढी मुलुकमा खेलको प्रदर्शनी गरी सकेको छ ।

प्रतिकृया