• ७ असोज २०८३, बुधबार
  • ८ः५७ राती

काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ

प्रकाशित मिति

२०८० फाल्गुन २७ गते, आईतवार ०३:०१

फागुन २७, २०८० काठमाडौँ: काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन ।

National Life

रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने र फोल्तोङको अर्थ ढिंडोलाई जनाउने डिकी लामाले बताइन । दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आइटिसी सेराटेन होट्लमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । रेस्टुरेन्ट ओपनिङ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको बताए ।

कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक एंव गीतकार जीवन बोम्जन, वरिष्ठ गायक अमृत लामा, गायक बैरागी मोक्तान, मोडल एंव अभी लामा, मोडल अनिता गोले,गायिका सुस्स्मिता स्याङ्तान,गायक एंव एरेन्जर बिशाल योन्जन, गायक एंव एरेन्जर कुन्साङ दोर्जे लोप्चन, ‘मामा भन्जा’ सिरियलका कलाकार टिम, कलाकार एंव पुर्व नेपाली सेना हरिलाल तामाङ, गायक एंव माझी किङको रुपमा परिचित यमन माझी,तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ, लगायतका कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि,सामाजिक अभियान्ता,समाजसेवी एंव विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको थियो । कार्यक्रमसंगै दावा डुक्पा लामाका छोरा कर्म वाङ्गेल लामाको वर्थडे सेलेब्रेसन पनि गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया