• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

नेप्से १३ अंकले बढ्यो

प्रकाशित मिति

२०८० फाल्गुन २४ गते, बिहीबार ०५:३५

फागुन २४, २०८० काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । दिनभरको उतार चढावका बीच नेप्से १३ अंकले बढेर २ हजारमा बन्द भएको हो ।

नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये बिहीबार जलविद्युत र निर्जीवन बीमा उपसमूहमा १ प्रतिशतको वृद्धि आएको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह पनि बढेका छन् । म्युचल फण्ड, व्यापार र होटल तथा टुरिजम उपसमूह भने घटेका छन् ।

Kamana Sewa

बिहीबार १ सय ७६ वटा कम्पनीको शेयरमूल्य वृद्धि हुदा ५९ कम्पनीको घटेको छ । वृद्धि पिपुल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआइसि एसिया ग्रोथ फण्डको सबैभन्दा धेरै ६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Classic Tech Desktop

बिहीबार ३ सय ९ वटा कम्पनीको ८९ लाख २९ हजार कित्ता शेयर ३ अर्ब १९ करोड बराबरमा खरीदविक्री भएको छ । कारोबार रकमको आधारमा नेपाल रिइन्सुरेन्सको प्रमोटर शेयर सर्वाधिक ५६ करोड बराबर खरिद बिक्री भएको छ ।

प्रतिकृया