• 3:58 am

त्रिदेशीय शृंखलाको उपाधिका निम्ति नेपाललाई डच टोलीको चुनौती

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०७:२४

फागुन २२, २०८० काठमाडौँ: घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपालले नेदरल्यान्ड्सको चुनौतीको सामना गर्दै छ । तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा आएका हुन् ।

यसअघि शृंखलाको लिग चरणमा यी दुई टिमबीच भएका दुई खेलमध्ये एक खेल नेपालले र अर्को खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको थियो । लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदा दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । फाइनलका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान) ले १२ हजार टिकट खुला गरेको छ ।

यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

प्रतिकृया