• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार ०८:५३

फागुन १५, २०८० काठमाडौँ: नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

National Life

खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आईसीसी विश्वकप क्रिकेट लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले यसलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ । ।

आईसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

खेल तालिका
फागुन १५ गते– नेपाल र नामिबिया
फागुन १६ गते– नेपाल र नेदरल्याण्डस
फागुन १७ गते– नामिबिया र नेदरल्याण्डस
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्डस
फागुन २० गते– नामिबिया र नेदरल्याण्डस
फागुन २२ गते– फाइनल खेल ।

प्रतिकृया