• ८ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मदले दिए राजीनामा

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार १०:२६

फागुन १५, २०८० काठमाडौँ: प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् ।

National Life

यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए ।

श्तायेहको सरकार सन् २०१९ अप्रिलमा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । सरकारलाई प्यालेस्टाइनी मेलमिलाप र निर्वाचनको तयारीको जिम्मा दिइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया